कम्बोडिया र लाओसमा साइबर स्क्यामिङको जालो, ब्यूरोले बढायो सक्रियता

  • बिहीबार १४ साउन २०८३ ०३:३० AM
मानव बेचबिखनका स्वरूप बदलिँदै गएका छन् । परम्परागत रूपमा महिला तथा बालबालिका बेचबिखनका घटना बढी देखिने गरेपनि पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र साइबर स्क्यामिङमार्फत पुरुषसमेत पीडित बन्न थालेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ताको संख्या उल्लेख्य रूपमा