मोरङमा भान्सा कोठामा लुकाएर राखिएको भरुवा बन्दुकसहित १ जना पक्राउ

  • बिहीबार १४ साउन २०८३ ०९:०१ AM
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोलाबाट प्रहरीले भरुवा बन्दुक र गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।बुधबार राति करिब ९:१० बजेतिर स्थानीय ५६ वर्षीय बलबहादुर राईको घरमा प्रहरीले खानतलासीका क्रममा भान्सा कोठाको माथिल्लो भागमा लुकाएर राखिएको एउटा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, घरनजिकै रहेको ग्वालीबाट १.५ किलो गाँजा पनि बरामद गरिएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बरामद गरिएको बन्दुक र गाँजासहित राईलाई नियन्त्रणमा ल