काठमाडौं : संविधानले प्रधानमन्त्रीलाई राष्ट्रपतिलाई नियमित रूपमा राज्य सञ्चालनसँग सम्बन्धित महŒवपूर्ण विषयमा जानकारी गराउने स्पष्ट संवैधानिक दायित्व दिएको छ। प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय, संघीय संसद्मा पेस गरिने विधेयक, ती विषयमा राष्ट्रपतिले मागेका अन्य आवश्यक विवरण तथा नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धबारे राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।तर, राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाका विषयमा सत्तारूढ दलका सभापति र राष्ट्रियस