नेपालमा उच्च शिक्षा सुधारको बहस नयाँ होइन। विश्वविद्यालयको अवस्था बिग्रियो भन्ने चिन्ता पनि नयाँ होइन। समय—समयमा उपकुलपति नियुक्तिको मापदण्ड, राजनीतिक हस्तक्षेप, अपर्याप्त बजेट, कमजोर भौतिक पूर्वाधार, विद्यार्थी पलायन र शैक्षिक पात्रोको अनिश्चिततामाथि बहस भइरहन्छ। विश्वविद्यालय सुधारका नाममा आयोग बन्छन्, प्रतिवेदन तयार हुन्छन्, कार्यदल गठन गरिन्छन् र पदाधिकारी परिवर्तन गरिन्छन्। तर विश्वविद्यालयको वास्तविक जीवन जहाँ धडकनुपर्ने हो, सुधारको बहस त्यहाँ विरलै पुग्छ। गम्भीर प्रश्न यही हो कि उच्