न्यायाधीश नियुक्ति प्रक्रिया रोकियो, मुद्दाको चाङ

  • बिहीबार १४ साउन २०८३ ०९:०१ AM
काठमाडौं :  न्याय परिषद्को बैठक बस्न नसक्दा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ। मनोजकुमार शर्मा जेठ ५ गते प्रधानन्यायाधीश नियुक्त भएको दुई महिना नाघिसक्दा पनि परिषद्को बैठक बस्न नसक्दा रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।सर्वोच्च अदालतका अनुसार साउन ११ गतेसम्म दुई वर्षभन्दा पुराना ९ हजार ९ सय २१, पाँच वर्षभन्दा पुराना १ हजार २ सय ७९ सहित कुल २६ हजार ७ सय ७६ मुद्दा विचाराधीन छन्। न्यायाधीशको अभावका कारण मुद्दाको सुनुवाइ निरन्तर ढिलो