‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

  • बिहीबार १४ साउन २०८३ ०१:२९ AM
काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् । एनसिबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत