वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षरोपण गरेको छ । गाउँपालिकाले वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै बुधबार वडा नं ६ औराहास्थित आठ बिगाहा सार्वजनिक ऐलानी पर्ती जग्गामा आठ हजार बिरुवा रोपेको हो । ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहगनी, अम्बा, टिक र सिसौलगायतका विभिन्न प्रजातिका आठ