काठमाडौं :वालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएपछि ४ महिनाको अवधिमा नेपालमा करिब ११ अर्ब ९५ करोड १ लाख ५८ हजार ७ सय ७३ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव भएको छ। उद्योग विभागको तथ्यांकअनुसार २०८२ चैत १३ गतेदेखि २०८३ साउन १३ गतेसम्म विभिन्न क्षेत्रका ४० वटा उद्योग स्थापना गर्न विदेशी लगानीकर्ताले प्रस्ताव पेस गरेका हुन्।विभागका अनुसार प्रस्तावित लगानी कृषि तथा वन पैदावार, ऊर्जा, पूर्वाधार, उत्पादनमूलक, सेवामूलक तथा पर्यटन क्षेत्रमा केन्द्रित रहेको छ। यस अवधिमा ठूला, मझौला र साना उ