काठमाडौं : सत्तासीन रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा दुई समूहबीचको झडपका कारण अशान्त बनेको वातावरण कसरी मत्थर बनाउने भनेर छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाए। सत्तासीन र विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति गम्भीरता देखाए, चिन्ता व्यक्त गरे। तर, दुर्भाग्य, उक्त बैठकमा न प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भए, न त गृहमन्त्री सुदन गुरुङ नै देखा परे। प्रमुख विपक्षी कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री शाहको अनुपस्थितिबारे गम्भीर प्रश्न उठाए। तर, जिम्मेवारी लिनुपर्ने सरकारका प्