काठमाण्डु- सरकारसँग सहमति भएपछि देशभरका अस्पतालहरू बिहीबारदेखि सुचारु हुँदैछ । नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएको छ । वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको