काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । १४ दिनपछि बस्न लागेको बैठकमा अर्थसम्बन्धी विधेयकसहित शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत