सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले धर्मका नाममा झारफुक तथा हेराई–मनाई गर्ने भन्दै चिनिने ‘पाथीभारा माता’ भनिने समीर थापालाई पक्राउ गरेको छ । थापालाई वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकस्थित आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।