काठमाडौं । चिकित्सक संघले आफ्नो आन्दोलन फिर्ता लिएपछि आज देखि देशभरका अस्पतालमा सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको हो । त्यससँगै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू