सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेश सरकारले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार थप सक्रिय हुनुपर्ने बताएका छन् । छलफलपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले घटनालाई साम्य बनाउन सरकारले अधिकतम प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए ।