काठमाडौं : विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठ रहेका छन्।