सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार भडकएको दंगा तत्काल मत्थर हुनुको सट्टा त्यसले देशलाई नै अशान्त बनायो। ‘विविधतामा एकता, नेपालीको विशेषता’ भन्दै आइएको मुलुकमा धार्मिक समूहहरूबीचको द्वन्द्व आफैंमा दुःखद् र विडम्बनायुक्त घटना हो। सानो मुलुक भए पनि नेपालमा झन्डै डेढ सय जातजातिको बसोबास छ। यो रंगीचंगी फूलबारीमा फरक जाति वा समूहबीच द्वन्द्व बिरलै देखा पर्ने गरेको थियो। हामी धार्मिक, जातीय र सांस्कृतिक सहिष्णुता कायम रहेकोमा गर्व पनि गर्दै आयौं। तर, सुनसरीको यो