नेपालमा बाघको संख्या ४२९ पुग्यो

  • बिहीबार १४ साउन २०८३ ०७:०१ AM
काठमाडौं : मुलुकमा ४ सय २९ वटा बाघ भेटिएका छन्, जसमध्ये ३६ वटा बाघ संरक्षण क्षेत्र बाहिर देखिएका छन्। यस वर्षको बाघ सर्वेक्षणमा पर्सा राष्ट्रिय निकुञ्जमा २ बाघ भने संरक्षण क्षेत्रभित्र र बाहिर पनि देखिएको (ओभरल्याप भएको) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिए। संरक्षण क्षेत्र बाहिर बाघ देखिए पनि उपयुक्त वन, वासस्थान र आहार नभए बाघ संरक्षण क्षेत्रभित्रै फर्किहाल्ने गरेको पनि उनले जनाए। तर, कुनै पनि क्षेत्रमा बाघ देखिएपछि समुदायलाई सुरक्षित बस्न सूचि