दोलखा : विद्यालय शिक्षा पाठ्यपुस्तक, गृहकार्य र परीक्षामा सीमित रहनु हुँदैन भन्ने मान्यता पछिल्ला वर्षहरूमा थप बलियो बन्दै गएको छ। ज्ञानसँगै सीप, सिर्जनशीलता, आत्मविश्वास र व्यावहारिक अनुभवलाई जोड्ने शिक्षण पद्धतितर्फ विद्यालयहरू आकर्षित भइरहेका छन्। यही सन्दर्भमा चरिकोटस्थित एपेक्स स्कुलले आयोजना गरेको ‘पोटरी सेसन’ ले दोलखाको विद्यालय शिक्षामा नयाँ बहस सुरु गरिदिएको छ। जिल्लामै पहिलोपटक विद्यालयस्तरमा आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीले आफ्नै हातले माटो मुछ्ने, पोटर