पूर्वमुख्यमन्त्री कँडेलले राज्य सुविधा र सुरक्षा नलिने

  • बुधबार १३ साउन २०८३ १०:०१ PM
वीरेन्द्रनगर : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट उपलब्ध हुने कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेका छन्। करिब २७ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन्। कँडेलले लोकतान्त्रिक शासन व्यवस्थामा पद र जिम्मेवारी परिवर्तन स्वाभाविक र निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा, लोकतान्त्रिक मूल्य र सार्वजनिक उत्तरदायित्व कुनै पदसँग मात्र सीमित नहुने बताए। पद परिवर्तन भए प