काठमाडौं । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजङ्घा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको