लुम्बिनीमा मन्त्रालयको संख्या १२ बाट घटाएर ९ कायम

  • बुधबार १३ साउन २०८३ ०३:५५ PM
लुम्बिनी प्रदेश सरकारले सरकारी कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित र खर्चिलो संरचना न्यूनीकरण गर्ने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ वटा मन्त्रालय रहने व्यवस्था गरेको हो । यसअघि १२ वटा मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई आवश्यकताअनुसार परिमार्जन