रास्वपामा स्थानीय चुनावका उम्मेदवारको आवेदन खुला, यी हुन् केन्द्रीय समिति बैठकका निर्णयहरू

  • बुधबार १३ साउन २०८३ ०३:०४ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालय गठन गर्दै वालेन्द्र शाह ‘बालेन’लाई वरिष्ठ नेतामा सर्वसम्मत मनोनयन गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले संगठन सुदृढीकरण, सरकारसँग समन्वय, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा नागरिक सहजीकरणलगायत विषयमा विभिन्न निर्णय गरेको हो । बैठकले पार्टी विधानअनुसार सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र