काठमाडौं । थापाथली क्षेत्रका अव्यवस्थित तार एक दिनमै हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अग्रसरतामा बुधबार लामो समयदेखि थापाथली क्षेत्रमा सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका विद्युत्, इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गरिएको हो । मंगलबार राति तारहरूको गुजुल्टोमा आगलागी भएपछि बिहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर