नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी थालेको छ । गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत दिने र उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् महसुल पुनरावलोकनका