लिटिल बडी प्रि स्कुलमा गुरु पूर्णिमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाइयो

  • बुधबार १३ साउन २०८३ ०१:२३ PM
वीरगंज – वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले गुरु पूर्णिमा (शिक्षक सम्मान दिवस) विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। गुरु–शिष्य परम्पराको महत्व उजागर गर्दै विद्यार्थीहरूमा शिक्षकप्रतिको सम्मान, कृतज्ञता, अनुशासन र नैतिक मूल्यको विकास गर्ने उद्देश्यले विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको हो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान व्यक्त गर्दै टीका लगाइदिने, पुष्पगुच्छा तथा उपहार अर्पण गर्ने, आशीर्वाद लिने र धन्यवाद मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम गरेका थिए। यस अवसरमा विद्यार्थीहरूले गीत, नृत्य, कविता तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित शिक्षक तथा अभिभावकहरूको मन जितेका ... The post लिटिल बडी प्रि स्कुलमा गुरु पूर्णिमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाइयो appeared first on Kalika Khabar.