भागबण्डामै अड्कियो कर्णाली सरकार

  • बुधबार १३ साउन २०८३ ०८:०१ PM
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा नयाँ सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार भने तत्काल नहुने भएको छ। सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार एक्लै पद तथा गोपनीयताको शपथ ग्रहण गरे। प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ लिएका शाहीले त्यसलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले सुशासन, विकासको प्रभावकारी अनुगमन र विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै तीन वटा म