विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक झडपपछि सशस्त्र प्रहरीले चलाएको गोलीबाट घाइते भएका नौ जनाको विराटनगरका तीनवटा अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्यको शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालहरूले जनाएका छन्। सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेपछि उनलाई उपचारका लागि आइतबार राति विराटनगरस्थित न्यु