एजेन्सी । जापानमा जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको सङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ मा झरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा नौ लाख १७ हजारले घटेको हो ।