सुनसरी घटनाबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

  • बुधबार १३ साउन २०८३ ०१:५० PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सुनसरीको पछिल्लो सुरक्षा स्थिति र सामाजिक सद्भावका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विस्तृत ‘ब्रिफिङ’ लिएका छन् । प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थितिबारे जानकारी