राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

  • बुधबार १३ साउन २०८३ ०६:४५ PM
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन् ।  अध्यक्ष दाहालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।  अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।