टोकियो : जापानको दक्षिण-पश्चिम क्युसु क्षेत्रस्थित कुमामोतो प्रान्तमा मंगलबार स्थानीय समयअनुसार दिउँसो ४:२७ बजे गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। भूकम्पपछि १०० भन्दा बढी पराकम्पन आइसकेको छ भने थप मानिस 'कार्डियोपल्मोनरी अरेस्ट' (मुटु तथा श्वासप्रश्वास बन्द) को अवस्थामा फेला परेका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको भूकम्पपछि आगामी दुई-तीन दिनभित्र ७ सम्मको तीव्रताका पराकम्पन आ