कर्फ्युको प्रभाव न्यायालयमा, सुनसरी अदालतको काम ठप्प

  • बुधबार १३ साउन २०८३ ०७:०१ PM
विराटनगर : सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि सुनसरीमा जारी कर्फ्युको प्रत्यक्ष असर न्यायिक क्षेत्रमा पनि परेको छ।सुरक्षा संवेदनशीलता बढेपछि सुनसरी जिल्ला अदालतले बुधबारका लागि सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा स्थगित गरेको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार राति ९ बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेपछि अदालतले सार्वजनिक सूचना प्रकाशित गर्दै सेवा बन्द गर्ने निर्णय गरेको हो। सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा