काठमाण्डु – नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता, कार्यकर्ता तथा सदस्यलाई कडा निर्देशन दिएको छ । बुधबार पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा कांग्रेसले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी