एजेन्सी । दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास बिफल हुने जोखिम बढेको छ । गिरोन्ड क्षेत्रका अधिकारीले रातका कारण आगो थप फैलिन नपाएपनि बढ्दो तापक्रम र तीव्र हावाले डढेलो पुनः फैलिन