कोशीमा पत्रकार दक्षताका लागि सर्वेक्षण सुरु

  • बुधबार १३ साउन २०८३ १२:३९ PM
काठमाडौं । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सर्वेक्षण सुरु गरेको छ । कुन स्तरको पत्रकारलाइ कुन प्रकारको तालिम प्रदान गरी दक्षता बढाउन सकिन्छ भनी सर्वेक्षण प्रारम्भ गरिएको प्रतिष्ठानका रजिष्ट्रार लीलाराज भट्टराईले बताए । प्रतिष्ठानले सबै पत्रकार तथा सञ्चारकर्मीलाई अनलाइनमार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।