काठमाडौँको महावौद्ध र असनमा आज पञ्चदान र दिपंकर तथागत वुद्धको शोभायात्रा र पूजा

  • बुधबार १३ साउन २०८३ ०६:४९ PM
काठमाडौँ । आज काठमाडौँको महावौद्धमा रहेको महावुद्ध महाविहार र असनमा पञ्चदान सम्पन्न भएको छ । हरेक १२ वर्षमा हुनु पर्ने तर वितेका २४ वर्षसम्म पनि हुन नसकेको सम्यक महादानको स्मरण गराउन दिपंकर तथागत वुद्धको शोभायात्रा र पञ्चदान कार्यक्रम भएको हो ।  शोभा यात्रा तथा पञ्चदान कार्यक्रममा पुगेर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सम्यक दान तथा पञ्चदानको सांस्कृतिक र सामाजिक सम्बन्धका विषयमा जानकारी लिनुभएको थियो । यस क्रममा काठमाडौँ महानगरपालिकाभित्रका अमूर्त सम्पदा, जनश्रुति तथा कथनमा आधारित सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिकाले कसरी काम गर्नु पर्छ