जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी एसपी दानबहादुर थापाले सम्हालेका छन्। उक्त जिम्मेवारीमा रहेका एसपी पवनकुमार भट्टराई जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा सरुवा भएपछि थापाले उक्त जिम्मेवारी पाएका हुन् । उनी यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को आर्थिक अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए ।