काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाई गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो । साथै, बैठकले आयोगका प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम पनि सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । त्यसअघि बैठकमा संसदीय सुनुवाईका क्रममा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताए । उनले आफ्नो कार्यकालमा मतदाता संख्या बढाउने र बदर ... The post प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मतले अनुमोदन appeared first on Kalika Khabar.