विभिन्न नौं विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषदको निर्णय

  • बुधबार १३ साउन २०८३ ०६:०१ PM
काठमाडौं : सरकारले बिभिन्न ९ वटा विधेयकहरु संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।उनका अनुसार खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग न