काठमाडौं : नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले टी–२० अलराउन्डरको वरियतामा एक स्थान सुधार गरेका छन् । भारतीय अलराउन्डर हार्दिक पाण्ड्याको वरियता २ स्थान खस्किँदा उनी चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा दिपेन्द्र एक स्थान उक्लिँदै शीर्ष ३ मा उक्लिएका हुन् । टी–२० अलराउन्डर वरियतामा जिम्बावेका सिकन्दर राजा पहिलो स्थानमा यथावत रहेका छन् । दोस्रो स्थानमा पाकिस्तानका सैम अयुब रहेका छन् ।तेस्रो