सुनसरीको देवानगञ्ज घटनाप्रति एमाले कोशी प्रदेश कमिटीको ध्यानाकर्षण

  • बुधबार १३ साउन २०८३ ११:२५ AM
काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ । पार्टीको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले आज जारी गरेको विज्ञप्तिमा युगौँदेखि यहाँका सबै जाति, धर्म र समुदायबीच कायम रहँदै आएको आपसी भ्रातृत्व, धार्मिक सहिष्णुता