प्रमुख निर्वाचन आयुक्त र २ आयुक्तको नाम संसदीय समितिबाट अनुमोदन

  • बुधबार १३ साउन २०८३ ११:२३ AM
काठमाडौं । संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो । प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाई मंगलबार भएको थियो