बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो । धार्मिक आस्थाको केन्द्र रहेको गढीमाई मन्दिर जस्तो संवेदनशील र