काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो पावरप्लेमा राम्रो सुरुवात गरेको छ। पहिलो पावरप्लेमा नेपालले ४२ रन खर्चिएर ३ विकेट लिएको हो। उट्रेचमा मा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले पावरप्लेमा नेदरल्यान्ड्सको ३ विकेट लिएको छ। नेपालको लागि करण केसीले २ विकेट लिँदा हेमन्त धामीले १ विकेट लिए। ओपनर सेड्रिक डि लाङ्गेलाई डकआउट बनाउँदै करणले नेपालको लागि राम्रो सुरुवात दिलाए। अर्का ओपनर म्याक्स ओडोउडलाई हेमन्त धामीले १२ रन