काठमाडौं : सभामुख डोलप्रसाद (डीपी) अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।त्यसै गरी, अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको