देवानगञ्ज घटनाका मृतक परिवारलाई प्रदेश सरकारले २ लाख राहत प्रदान गर्ने

  • बुधबार १३ साउन २०८३ ११:१२ AM
विराटनगर – कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेको छ । सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार आयोजना