ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • बुधबार १३ साउन २०८३ ११:०६ AM
पर्सा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपुतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१८ बाट पक्राउ गरेको हो । राजपुतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।