नयाँ अवतारमा आयो टाटाको पन्च ईभी : आकर्षक डिजाइन, ठूलो ब्याट्री, के-के मा भयो परिवर्तन ?

  • बुधबार १३ साउन २०८३ ११:१२ AM
काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पन्च ईभीलाई नयाँ अवतारमा सार्वजनिक गर्ने तयारी गरेको छ । फेसलिफ्ट अपडेटसँगै यसमा आकर्षक डिजाइन, ठूलो ब्याट्री, फास्ट चार्जिङ र अत्याधुनिक प्रविधि थपिएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ । आउनुहोस्, नयाँ पन्च ईभीमा के–के परिवर्तन भएका छन् भन्ने बारेमा जानौँ ।