काठमाडौँ। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना र संसदीय सुनुवाइपछि उनीहरूको नाम अनुमोदन गरेको हो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइका लागि प्रस्तावित कार्की, वाग्ले र सुब्बाले समितिसमक्ष आफ्नो भावी कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । आयुक्तद्वय वाग्ले र डा. सुब्बाले मङ्गलबार र प्रमुख आयुक्त कार्कीले बुधबार समितिसमक्ष कार्ययोजना प्रस्तुत गर्दै सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए । उनीहरूको प्रस्तुति ... The post निर्वाचन आयोगको प्रमुख आयुक्त कार्कीसहित दुई आयुक्तकाे नाम अनुमोदन appeared first on Kalika Khabar.