देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख, घाइतेलाई ५० हजारका दरले राहत दिने कोशी सरकारको निर्णय

  • बुधबार १३ साउन २०८३ ०९:२९ AM
विराटनगर। कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारले घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताको परिवारलाई २ लाख रुपैयाँ तथा आगजानीबाट घर, पसल र अन्य सम्पत्तिमा क्षति